Rule 180
ग्रामीण शिक्षा कोषमा रकम जम्मा गर्नु पर्ने
(१) संस्थागत विद्यालयले प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र आफ्नो विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा अध्ययनरत प्रति विद्यार्थी मासिक एक रूपैंया“का दरले हिसाब गरी हुन आउने एकमुष्ट वार्षिक रकम ग्रामिण शिक्षा विकास कोषमा जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको रकम जम्मा गर्ने प्रयोजनका लागि प्रत्येक जिल्लाको सदरमुकाम स्थित कुनै बैकमा खाता खोलिनेछ ।
(३) उपनियम (२) बमोजिम बैंकमा जम्मा भएको रकम जिल्ला शिक्षा अधिकारीले ग्रामीण शिक्षा कोषमा पठाउनु पर्नेछ ।
(४) विद्यालयले उपनियम (१) बमोजिम रकम जम्मा गरेपछि त्यसको प्रमाण तुरुन्त सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा पठाउनु पर्नेछ ।